१५ असार २०८३, सोमबार

नवनियुक्त राष्ट्रपति पौडेललाई भारतीय समकक्षीले दिइन् बधाई

फागुन २९, २०७९
नवनियुक्त राष्ट्रपति पौडेललाई भारतीय समकक्षीले दिइन् बधाई

सोमवार पद तथा गोपनीयताको शपथ लिएका नवनियुक्त राष्ट्रपति रामचन्द्र पौडेललाई भारतीय समकक्षी द्रौपदी मुर्मुले औपचारिक बधाई दिएकी छन् । 

भारत सरकार र स्वयं आफ्नो तर्फबाट नेपालका नयाँ राष्ट्रपति पौडेललाई बधाई तथा शुभकामना दिएको बेहोराको औपचारिक पत्र उनले पठाएकी छन् । 

बधाई सन्देशमा मुर्मुले नेपाल र भारतबीचको हार्दिक तथा बहुपक्षीय सम्बन्धको स्मरण गर्दै विगत कैयौं वर्षदेखि द्विपक्षीइ सम्बन्धमा उल्लेख्य प्रगति भएको उल्लेख गरिन् । यसबाट दुवै देशका जनतालाई पारस्परिक लाभ प्राप्त भएको उनको भनाइ छ । 

राष्ट्रपति पौडेलको निर्देशनमा दुई देशको चौतर्फी सहकार्य थप बलियो हुने विश्वास पनि मुर्मुले राखेकी छन् । द्विपक्षीय साझेदारीलाई संवर्धन तथा सबलीकरण गर्नका लागि निकट रही काम गर्ने इच्छा पनि उनले बधाईपत्रमा उल्लेख गरेकी छन् । 
 

null

salt training

कमेन्ट गर्नुहोस्