०४ साउन २०८३, सोमबार

राष्ट्रपति पौडेलको पहिलो निर्णय : गैरआवासीय नेपाली राजदूत पदमा लम्साल नियुक्त

फागुन २९, २०७९
राष्ट्रपति पौडेलको पहिलो निर्णय : गैरआवासीय नेपाली राजदूत पदमा लम्साल नियुक्त

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले कार्यभार सम्हालेपछिको पहिलो निर्णयमा राजदूत नियुक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले इजिप्टका लागि नेपालका आवासीय राजदूत सुशीलकुमार लम्साललाई मोरोक्को अधिराज्यका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेका हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा प्रकाशित विज्ञप्तिमा लेखिएको छ, ‘नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम इजिप्टका लागि नेपालको आवासीय राजदूत श्री सुशीलकुमार लम्साललाई मोरोक्को अधिराज्यका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ ।’

salt training

कमेन्ट गर्नुहोस्