१३ असार २०८३, शनिबार

रमेश प्रसाईँको स्वरमा ‘टिकुली ट्याक’ सार्वजनिक [भिडियो]

फागुन २९, २०७९
रमेश प्रसाईँको स्वरमा ‘टिकुली ट्याक’ सार्वजनिक [भिडियो]

नेपाली गीति भिडियो ‘टिकुली ट्याक’ सार्वजनिक गरिएको छ ।

सोमवार राजधानीमा एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको यो गीतमा रमेश प्रसाईंले स्वर दिएका छन् ।

सन १९९० को दशकमा नेपालमा लोकप्रिय रहेको लोकगीतलाई द प्रिमियर प्रोडक्सनले पुनः निर्माण गरेको सार्वजनिक गरेको हो । 

नविन किशोर राईको शब्द एवं संगीत रहेको गीतको ओरिजिनल गायक उनी स्वयंम हुन् । 

दीपक आचार्य (काकु)को निर्देशनमा तयार भिडियोमा हरिश निरौला (कक्रोच), प्रियानाआचार्य (मुन्नी), पुष्पराज ओझा, तुलसी घिमिरे, गरिमा शर्मा लगायतको अभिनय छ ।

भिडियो सार्वजनिक कार्यक्रममा कलाकारहरू । तस्वीर – गोपीकृष्ण चापागाईँ

भिडियो सार्वजनिक कार्यक्रममा बोल्दै निर्देशक आचार्यले पुराना सर्जकलाई नयाँ पुस्तामाझ चिनाउने कोसिसअनुसार गीत ल्याइएको बताए । 

दीपक आचार्यकै निर्देशन एवं रमेश प्रसाईँको स्वरमा सार्वजनिक ‘रिङ्कीबुङ्गको राँगोलाई’ स्रोता एवं दर्शकले निकै रुचाएका थिए ।

उनले पुरानो समयमा माया–प्रेम कस्तो हुन्छ भन्ने ‘टिकुली ट्याक’ को भिडियोमा प्रस्तुत गर्ने प्रयास गरेको बताए ।​ 

संखुवासभा, धनकुटा, तेह्रथुम जिल्लामा भिडियो छायाँकन गरिएको उनले जानकारी दिए । 

कलाकार हरिश निरौलाले अन्य म्युजिक भिडियोभन्दा आफ्ना लागि यो भिडियो धेरै फरक रहेको महसुस गरेको प्रतिक्रिया दिए । ‘कपाल देखाएर नै अन्य भिडियोमा काम गरेको थिएँ, यसमा त्यो छैन । मेरो अभिनय पनि फरक छ’ उनले भने । 

कलाकार प्रियाना आचार्यले राम्रो टिमसँग काम गर्न पाउँदा खुशी लागेको बताइन् ।

वरिष्ठ गायक नविन किशोर राईले आफूले लामो समय हिँडेर गीत रचना गरेको आफ्नो विगतको अनुभव सेयर गरे ।

पवन सुस्लिङको छायाँकन एवं सम्पादन रहेको भिडियोको निर्माता सुष्मा गुरागाईँ हुन् । गाउँ घरको कथावस्तु र पात्रहरूको अभिनयलाई भिडियोमा पेस गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्