
नेकपा एमालेको संसदीय दलको उपनेतामा सुवासचन्द्र नेम्वाङलाई जिम्मेवारी दिइएको छ ।
पार्टी अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले उनलाई सोमवार संसदीय दलको उपनेतामा मनोनयन गरेका हुन् ।
इलाम–२ बाट विजयी नेम्वाङ एमालेका उपाध्यक्ष समेत हुन् । २०५१ सालमा न्याय, कानून तथा संसदीय व्यवस्थामन्त्री भएका नेम्वाङ २०६३ सालमा पुनःस्थापित प्रतिनिधि सभाको सभामुख तथा पहिलो र दोस्रो संविधान सभाको अध्यक्ष थिए ।
अध्यक्ष ओलीले प्रतिनिधि सभाको प्रमुख सचेतकमा पदम गिरी र सचेतकमा महेश बर्तौलालाई नियुक्त गरेका थिए ।