२९ असार २०८३, सोमबार

‘छक्कापञ्जा ४’को सहकारीसम्बन्धि डायलगविरुद्ध चलचित्र विकास बोर्डमा निवेदन

फागुन २९, २०७९
‘छक्कापञ्जा ४’को सहकारीसम्बन्धि डायलगविरुद्ध चलचित्र विकास बोर्डमा निवेदन

प्रदर्शनरत चलचित्र ‘छक्कापञ्जा ४’मा समावेश सहकारीबारेको संवाद (डायलग) हटाउन माग गर्दै चलचित्र विकास बोर्डमा निवेदन परेको छ । 

सहकारी अभियानको सर्वोच्च निकाय ‘राष्ट्रिय सहकारी महासंघ लिमिटेड’ले सोमवार विकास बोर्डमा निवेदन दिएको हो । 

सहकारी महासंघका अध्यक्ष मिनराज कंडेलद्धारा हस्ताक्षरित निवेदनपत्रमा ‘छक्कापञ्जा ४’मा सहकारीसम्बन्धि लाञ्छनायुक्त एवं नारी अस्मितामा खलल पुग्ने संवाद रहेकोमा गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ । उक्त संवादको घोर भर्त्सना गर्दै भ्रम सिर्जना हुने उक्त संवाद तत्काल हटाउन सहकारी महासंघले माग गरेको छ । 

चलचित्रमा के छ सहकारीसम्बन्धि संवाद ?

‘छक्कापञ्जा ४’मा एकजना महिलासँग भएको समयमा राजा पात्रले बोल्ने एउटा संवाद छ – ‘श्रीमती भनेको बैंकको लोन हो । मेन्टेन गरेन भने घरबार लिलाम हुन्छ ।’ 

महिला पात्र सोध्छिन्  – अनि म के नि ?

त्यसमा राजाको जवाफ हुन्छ – ‘सहकारी । भाग्न पछि सक्छ ।’ यति भनेपछि राजा पात्र त्यहाँबाट बाहिरिन्छ ।

यो संवाद टिकटकलगायतका सामाजिक सञ्जालमा केही दिनयता भाइरल छ । उक्त संवादलाई तत्काल हटाउन माग गर्दै सहकारी महासंघले चलचित्र विकास बोर्डमा निवेदन दिएको हो । यो संवादलाई लिएर सहकारीकर्मी समेत रहेका कलाकार मधुसूदन पाठक ‘सिते बा’ले पनि आपत्ति जनाउँदै आएका थिए ।

null

salt training

कमेन्ट गर्नुहोस्