०८ साउन २०८३, शुक्रबार

क्रान्तिकारीको नयाँ नेतृत्वका लागि चुनावी प्रक्रिया शुरु, अध्यक्षमा पाँच जनाको दाबी

कात्तिक २०, २०७४
क्रान्तिकारीको नयाँ नेतृत्वका लागि चुनावी प्रक्रिया शुरु, अध्यक्षमा पाँच जनाको दाबी
काठमाडौँ, ११ भदौ । नेकपा (माओवादी केन्द्र) निकटको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी)को नयाँ नेतृत्वका लागि आजदेखि निर्वाचन प्रक्रिया शुरु भएको छ । 

बुधबारदेखि सुरु क्रान्तिकारीको २१आँै राष्ट्रिय सम्मेलनले सहमतिबाट नेतृत्व चयन गर्न नसकेपछि आजदेखि निर्वाचन प्रक्रिया शुरु गरिएको निर्वाचन समितिका संयोजक रमेश मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार आज मतदाता नामावली प्रकाशन र अपराह्न ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समय तोकिएको छ । आज निर्वाचन मनोनयन भएपछि मंगलबार ३३ पदाधिकारीसहित २३४ केन्द्रीय सदस्यका लागि निर्वाचन हुने छ । 

आज निर्वाचन गर्ने भनिए तापनि समयाभावका कारणले मंगलबारका लागि सारिएको हो । क्रान्तिकारीमा पहिलोपटक निर्वाचनबाट नेतृत्व चयन हँुदैछ । अध्यक्षका लागि रञ्जीत तामाङ, अनिल शर्मा, रामचन्द्र अधिकारी, वीरेन्द्र बस्नेत र मदन चुँडालले दाबी गरेका छन् । निर्वाचन प्रक्रियामा दुई हजार ३४ प्रतिनिधिले सहभागिता जनाउनेछन् । रासस 

salt training

कमेन्ट गर्नुहोस्