१९ असार २०८३, शुक्रबार

भन्सार छली ल्याइएका अवैध सामग्री बरामद

फागुन ३०, २०७९
भन्सार छली ल्याइएका अवैध सामग्री बरामद

झापा प्रहरी कार्यालयबाट खटेका गस्ती टोलीले भन्सार छली अवैधरुपमा भित्र्याइएका विभिन्न सामग्री बरामद गरेको छ । प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी खगेन्द्र प्रसाद रिजालका अनुसार हिजो सोमबार झापाको मेचीनगर नगरपालिका ६ बसपार्कबाट भारतबाट अवेध रुपमा ल्याइएका कपडा, मिस्री, सुकेको नरिवल बरामद गरेको हो ।

रिजालका अनुसार अन्दाजी २ लाख ४० हजार रुपियाँ बरावरको सो सामान बरामद गरी मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाइएको छ । बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले भारतबाट अबैध रुपमा भन्सार छलि ल्याइरहेको अवस्थामा मिश्रि २५ केजी र सुकेको नरिवल १५ केजी बरामद गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्