
देशभर पश्चिमी वायुको प्रभाव कायमै रहेकाले आज देशका पहाडी भूभागको धेरै स्थानमा मेघ गर्जनसहित वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मुख्यगरी आज कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा चट्याङसहित वर्षा हुनेछ ।
त्यस्तै, भोलि चैत १ गते बुधबार पनि पहाडी भूभागको केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना रहेको छ । कोशी र बागमती प्रदेशको पहाडी भूभागको थोरै स्थानमा अपरान्ह आंशीक बदली रही क्षणिक वर्षा हुने विभागले जनाएको छ ।
यसैबीच, चैत २ गते बिहीबार पनि देशभर सामान्य बदली रहने छ । पहाडी भूभागका केही र तराई भेगका केही स्थानमा हल्का वर्षा हुने विभागको भनाइ छ । सो राति देशको पहाडी भूभागमा आंशिक बदली रही केही स्थानमा मेघ गर्जनसहित वर्षा हुनेछ ।