
निजामती कर्मचारी अस्पतालले कर्मचारीको स्थायी पदपूर्तिका लागि आवेदन आव्हान गरेको छ । सो अस्पतालले दशौं तहदेखि चौथो तहसम्मको कर्मचारी माग गरेको हो । रिक्त पदहरूमा पदपूर्तिका लागि खुला समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकाले आवेदन आह्वान गरिएको सो अस्पतालले जनाएको छ ।
गोरखापत्रमा आज मंगलबार सार्वजनिक विज्ञापन प्रकाशन गर्दै अस्पताले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । न्यूनतम योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आगामी चैत २० गतेसम्म आवेदन दिन सक्ने अस्पतालको सूचनामा जनाइएको छ । अस्पतालको वेबसाइटमार्फत् अनलाइन दरखास्त प्रणालीबाट दिन सकिने सूचनामा जनाइएको छ ।
अस्पतालले प्राविधिक, मेडिसिन, क्रिटिकल केयर मेडिसिन, मेडिकल अंकोलोजी, अर्थोप्लाष्टि एण्ड अर्थोस्कोपी, स्याइनल सर्जरी, इन्टरनल मेडिसिन, क्लिनिकल हेमाटोलोजी लगायतका समूहको कर्मचारी माग गरेको छ ।
