१० साउन २०८३, आइतबार

ए डिभिजन लिगः आज तीन खेल हुँदै

फागुन ३०, २०७९
ए डिभिजन लिगः आज तीन खेल हुँदै

राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तरगत मंगलबार तीन वटा खेल हुँदैछन्। 

 जसअनुसार दुई खेल दशरथ रंगशाला र एक खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने जनाइएको छ ।  

एन्फा कम्प्लेक्समा दिउँसो साढे २ बजे हुने खेलमा संकटा क्लब र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ।  

यस्तै सोही समयमा दशरथ रंगशालामा  जावलाखेल युथ र फ्रेण्ड्स क्लबबीच पनि प्रतिस्पर्धा हुनेछ ।  

दशरथ रंगशालामै साँझ साढे ५ बजे मछिन्द्र र नेपाल पुलिस भिड्ने छन्। 

salt training

कमेन्ट गर्नुहोस्