
नेपालमा प्रतिबन्धित भारतीय रूपैयाँ ३ लाख ३५ हजार सहित २ जना अमेरिकी नागरिकलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा अमेरिकी नागरिक ६९ वर्षीय थुप्देन गेलीक लासवा र ५९ वर्षीया कालसङ रहेको प्रहरीले जनाएको छ।
भिस्तारा एयरको उडानमार्फत काठमाडौंबाट दिल्ली जान लागेका उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाको एक्स रे मेसिनमा जाँच गर्ने क्रममा लासवाको झोलाभित्र भारतीय ५ सय दरको ३ सय थान र छोडेनको झोलाभित्र ५ सय दरको ३ सय ७० थान भारतीय रूपैयाँ फेला पारी दुवै जनालाई पक्राउ गरेको एयरपोर्ट प्रहरीले जनाएको छ ।