११ साउन २०८३, सोमबार

चिनियाँ सेनाले किन्यो धारिलो र काँडेदार हतियार, गलवान भिडन्त जस्तै घटनाको सम्भावना ?

फागुन ३०, २०७९
चिनियाँ सेनाले किन्यो धारिलो र काँडेदार हतियार, गलवान भिडन्त जस्तै घटनाको सम्भावना ?

चीनले लद्दाखको गलवानमा भएको भिडन्तमा उपयोग गरिएको धारिलो र काँडेदार हतियार फेरि किन्न थालेको छ । 

त्यहाँको सामाजिक सञ्जाल वेबोमा यस्तै एक हतियारको तस्वीर भाइरल भएको छ । तस्वीरमा एक चिनियाँ सैनिकले काँडेदार हतियार बोकेको देखिन्छ । 

यसलाई अंग्रेजीमा कम्बाइन्ड मेस भनिन्छ । अर्थात्, यो काँडा भएको मुंग्रो हो । 

यस्तै किसिमको हतियार चिनियाँ सैनिकहरूले सन् २०२० को १४–१५ जुनको राति गलवान उपत्यकामा भएको भिडन्तमा उपयोग गरेका थिए । 

इन्डिया टुडेको रिपोर्टअनुसार, चीनले भारत–चीन सीमामा शान्तिबहालीका लागि कोशिश गरिरहेको भए पनि हातैले भिडन्त गर्दा उपयोग हुने हतियार पनि किनिरहेको छ । 

विज्ञहरूले भारतीय सैनिकमाथि चिनियाँहरूद्वारा यस्तै हतियारबाट प्रहार हुन सक्ने आशंका गरेका छन् । 

एउटा रिपोर्टमा चीनले २६ सयवटा काँडेदार मुंग्रो किनेको दाबी गरिएको छ । जनवरी २०२३ मा चीनले यस्तो हतियार किन्ने स्वीकृति दिएको थियो । फेब्रुअरीमा यो हतियार किनिएको चिनियाँ सेनाले घोषणा गरेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्