१० साउन २०८३, आइतबार

उद्योगी र व्यवसायीले घेरे नेपाल राष्ट्र बैंक

फागुन ३०, २०७९
उद्योगी र व्यवसायीले घेरे नेपाल राष्ट्र बैंक

देशभरका उद्योग व्यवसायीहरूले नेपाल राष्ट्र बैंक घेराउ गरेका छन् । 

मंगलबार केही समयदेखि चरणबद्ध सडक आन्दोलन गर्दै आएका  देशभरका उद्योगी व्यवसायीले बालुवाटारस्थित नेपाल राष्ट्र बैक अगाडि आन्दोलन गरेका हुन् ।

उद्योगी व्यवसायीले अर्थतन्त्र संकटपूर्ण अवस्थामा रहेको अवस्थामा बैंकले व्यवसायीहरूमाथि चर्को ब्याज लिएको,कर्जामा ठूलो परिमाणमा प्रिमियम चार्ज लगाएको र कर्जा भुक्तानीको समय समेत नदिएको भन्दै बैंकविरुद्ध सडक संर्घषमा उत्रिएका छन् ।

देशभरका उद्योगी व्यवसायीले राष्ट्र बैंक अगाडि पुगेर  व्यवसायीको पीडा महशुस गराउन ध्यानाकर्षणसमेत गरेका छन् ।

विरोध कार्यक्रममा सहभागी उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले व्यवसायीहरू आफ्ना पीडा पोख्न राष्ट्र बैंक आएको बताए।

उनले अर्थतन्त्रमा आएका समस्याका कारण उद्योगको उत्पादन कमी, रोजगारी कटौती र बजारको मागमा कमी भएको अवस्थामा समेत बैंकले अर्को ब्याजदर दिएको बताए।

उनले यो विषयमा सरकारले तत्काल समाधान दिन आवश्यक रहेको तर्क गरे। 

व्यवसायीको व्यापार सुस्त भएको अवस्थाका उच्च ब्याज दिन सक्ने अवस्था नभएको उनको भनाइ थियो।

उनले सरकारले व्यवसायीसँग छलफल गरी समाधान गर्न आग्रह गरे। 

salt training

कमेन्ट गर्नुहोस्