०५ साउन २०८३, मंगलबार

एनआईसी एशिया बैंकमा सर्वश्रेष्ठ बचत खाता खोलेकी श्रेष्ठलाई १० लाखको बीमा

फागुन ३०, २०७९
एनआईसी एशिया बैंकमा सर्वश्रेष्ठ बचत खाता खोलेकी श्रेष्ठलाई १० लाखको बीमा

एनआईसी एशिया बैंकले सर्वश्रेष्ठ बचत खाता योजनाअन्तर्गत बैंकमा बचत खाता खोलेकी अन्नु श्रेष्ठलाई खातामा उपलब्ध घातक रोग बीमाबापत १० लाख बीमा रकम भुक्तानी गरेको छ ।

यस बैंकको जावलाखेल शाखामा ‘सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत’ सर्वश्रेष्ठ बण्डल सहज बचत खाताकी श्रेष्ठज्यूलार्ई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले उक्त बीमा रकम बराबरको चेक हस्तान्तरण गरे ।

बैंकले सो बीमा रकम नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा भुक्तानी गरेको हो ।

यस बैंकको बचत खातामा उपलब्ध बीमा सुरक्षण योजनाअन्तर्गत हालसम्म देशभरका २०८० जनाभन्दा बढी ग्राहकले घातक रोग बीमाबापत ३ करोड, दुर्घटना बीमाबापत १ करोड ३० लाख र मेडिकल बीमाबापत ३ करोड ६७ लाख गरी कुल ७ करोड ९८ लाखभन्दा बढी बीमा रकम प्राप्त गरिसकेका छन्। 

बैंकले निक्षेप रकममा अधिकतम प्रतिफल दिने उद्देश्यका साथमा ४ जनालाई ५ वर्षको लागि ८४ लाखसम्मको बीमा सुविधा रहेको ‘सर्वश्रेष्ठ बचत योजनाहरू’ सञ्चालन गरिरहेको छ ।

यस योजनामा सर्वाधिक उच्च ब्याजदर, ५ वर्षसम्म रू. ८४ लाखसम्मका ३ बीमा (१८ वटा घातक रोगहरूको बीमा, दुर्घटना बीमा र मेडिकल बीमा) सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, ३ कर्जासम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरू समावेश छन् ।

साथै, यस बचत योजना अनुसार ग्राहकले प्राप्त गर्नुहुने बीमा, कर्जासम्बन्धी सुविधालगायत डेबिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्रेडिट कार्ड, प्रिपेड डलर कार्ड, डिम्याट खाता, मेरो शेयर खाता, ई–कमर्श सेवा, चेक क्लियरिङ, आरटीजीएस, आइपीएस-सी आइपीएस-फन्ड ट्रान्सफर, लकर मार्जिन, लकर सेवा र एटीएम सेवाहरू ग्राहक महानुभाव एवं निजले मनोनित गरेका अन्य ३ व्यक्तिहरूका लागि समेत ५ वर्षको लागि पूर्ण रूपमा निःशुल्क हुने व्यवस्था बैंकले गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्