१४ असार २०८३, आइतबार

नेपाली श्रमिकको गुनासो सुन्न सभामुख घिमिरे बहराइनको नेपाली दूतावासमा

फागुन ३०, २०७९
नेपाली श्रमिकको गुनासो सुन्न सभामुख घिमिरे बहराइनको नेपाली दूतावासमा

अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १४६ औं महासभामा भाग लिन बहराइन पुगेका सभामुख देवराज घिमिरेले नेपाली श्रमिकको अवस्थाबारे जानकारी लिएका छन्। 

मनामास्थित नेपाली दूतावासमा मंगलबार बिहान पुगेका सभामुख घिमिरेले राजदूत तीर्थराज वाग्ले, दूतावास अधिकारी लगायतसँग नेपाली श्रमिकको अवस्था बुझेका हुन्

अधिकारीहरूले बहराइनमा नेपाली श्रमिक न्यूनतम तलबमा काम गरिरहेको, राहदानी नवीकरण र भिसा प्रक्रियामा समस्या झेल्नुपरेको जानकारी उनले दिएका थिए ।

भेटमा सहभागी सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराईका अनुसार अधिकारीहरूले काठमाडौंमा बहराइनको दूतावास खोल्न सरकारले पहल गर्नुपर्ने धारणासमेत राखेका थिए ।

सभामुखले बहराइन भ्रमणका क्रममा नेपाली श्रमिकको तलब वृद्धिलगायत विषयमा आफ्ना समकक्षीसँग कुरा राखेको जानकारी दिएका थिए।  

कार्यक्रममा नेताहरू रमेश लेखक, हितराज पाण्डे, इन्दु कडरियालगायत उपस्थित थिए।

६ दिने भ्रमण सकेर सभामुख नेतृत्वको ९ सदस्यीय प्रतिनिधि मण्डल बिहीबार स्वदेश फर्कंदैछ ।
 

salt training

कमेन्ट गर्नुहोस्