जेठ २७, २०८०
नेपाल इन्टरनेट फाउन्डेसन (एनआईएफ) ले नेपालमा पनि शुक्रवार ‘सेल्फी विथ डटर’ दिवस मनाएको छ । कार्यक्रममा एनआईएफका अध्यक्ष विक्रम श्रेष्ठ, सेल्फी विथ डटरकी नेपालका संयोजक कल्पना श्रेष्ठ, विशिष्ट ...
सामसङ नेपालले ग्यालेक्सी एम सिरिज अन्तर्गतको नयाँ स्माटर्फोन ग्यालेक्सी एम०४ को लागि प्रिबुकिङ खुलाएको छ।
कम्पनीले आइतबारदेखि उक्त स्मार्टफोनको लागि प्रिबुकिङ खुलाएको कम्पनीले जनाएको छ। ग्राहकहरूले दराज नेपालबाट फोनको प्रिबुकिङ गर्न सक्नेछन्।
नयाँ ग्लेक्सी एम०४ ले नयाँ युवा पुस्तालाई आकर्षित गर्नेमा काम्पनी सकारात्मक छ। कम्पनीका अनुसार सोही प्रकारले यो फोन डिजाइन गरिएको छ भने विशेषताहरू पनि नवीन प्रविधिका साथ समावेश गरिएको छ।
ग्यालेक्सी एम०४ मा ८ जिबी र्याम दिइएको छ भने यसमा भएको र्याम प्लस फिचरको प्रयोगमा स्टोरेज थप बढाउन पनि सकिन्छ। यसको क्षमता १ टिबीसम्मले बढाउन सकिन्छ। यो फोन मिडियाटेक हेरियो पी ३५ प्रोसेसरमा आधारित छ भने यसको स्क्रिन प्रदर्शनीलगायत विशेषताहरू पनि राम्रो छ।
ग्यालेक्सी एम०४ मा ६.५ इन्चको डिस्प्ले छ। यो स्मार्टफोनमा ५ हजार एमएएचको ब्याट्री दिइएको छ जसले गर्दा फोनको चार्ज लामो समयसम्म टिक्छ। यसमा पावरसेभिङ मोड पनि छ जसले गर्दा ब्याट्री खपतलाई कम गर्न सकिन्छ।
यसमा भएको एआई पावर म्यानेज्मेन्टले गर्दा फोन तीन दिनसम्म नचलाएको खण्डमा एपहरूलाई ‘स्लिप’ मोडमा राखिदिन्छ।
नयाँ ग्यालेक्सी एम०४ चार वर्षको सेक्युरिटी अपडेटसहित आउँछ भने दुई पटक अपरेटिङ सिस्टम (ओएस) अपग्रेड गर्न सकिन्छ। जसले गर्दा फोन छिट्टै आउटडेटेड (पुरानो) हुँदैन।
सामसङ नेपालले ग्यालेक्सी एम०४ सुरुआती बजार मूल्य १५ हजार नौ सय ९९ रुपैयाँ तोकेको छ। सो मूल्यमा ४ जिबी प्लस ६४ जिबी भेरियन्ट ग्यालेक्सी एम०४ उपलब्ध छ। त्यस्तै ४ जिबी प्लस १२८ जिबी भेरियन्टको बजार मूल्य भने १७ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ।
कम्पनीका अनुसार नयाँ ग्यालेक्सी एम०४ निलो र हरियो गरी दुई रंग विकल्पमा उपलब्ध छन्।
निलो रंगको ग्यालेक्सी एम०४ दराज नेपालमा मात्रै उपलब्ध हुने समेत कम्पनीले जनाएको छ।
नेपाल इन्टरनेट फाउन्डेसन (एनआईएफ) ले नेपालमा पनि शुक्रवार ‘सेल्फी विथ डटर’ दिवस मनाएको छ । कार्यक्रममा एनआईएफका अध्यक्ष विक्रम श्रेष्ठ, सेल्फी विथ डटरकी नेपालका संयोजक कल्पना श्रेष्ठ, विशिष्ट ...
दुई दिनअघि नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरमा मापन भएको देशकै सबैभन्दा बढी तापक्रम आज पुनः ‘ब्रेक’ भएको छ । जल तथा मौसम विज्ञान विभागले आज सार्वजनिक गरेको...
लागुपदार्थ सेवनगरी मोटरसाइकल चलाउने पाँच जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । ललितपुरको बाँडेगाउँमा शुक्रवार गरिएको चेकिङका क्रममा मापसे गरेका उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको ...
लामो समयदेखिको खडेरी र तापक्रम वृद्धिका कारण पर्वतमा बर्खेबाली रोपाइँ प्रभावित भएको छ । यतिबेला धमाधम कोदो र धान रोपाइँ शुरू हुने बेला भए पनि वर्षा नभएका कारण कृषकले रोपाइँ गर्न पाएका छैनन् । विगत...
खोलामा माछा मार्न करेन्ट लगाउँदा माछा मार्ने युवकलाई नै करेन्ट लागेर मुत्यु भएको छ । मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका–१ र ४ मा पर्ने घट्टे खोलामा माछा मार्न करेन्ट लगाउने क्रममा करेन्ट लागेर सोही न...
सर्लाहीको हरिपुर्वा नगरपालिका कार्यालयमा तालाबन्दी भएको करिब दुई महिना भयो । नगरका जनप्रतिनिधिबीच राजनीतिक आग्रह पूर्वाग्रह रहेका कारण लागेको लालबन्दी खुलाउने प्रयास कसैले नगर्दा नगरको विकास निर्माणको काम प्रभा...
राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसमा खतरनाक अपराधमा मुछिएका १९ जनालाई आममाफी दिए । ४८२ जनाको कैद मिनाहा गरिदिए । तर, गाँजाकाण्डमा मुछिएका एक जनाले यो सुविधा पाएनन् । वर्षौंदेखि गाँजा मुद्दामा मुछिएका...
हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...
यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो । भ...