१८ असार २०८३, बिहीबार
छिमेकी राष्ट्र चीनको बधाई

राष्ट्रपति पौडेललाई चिनियाँ समकक्षी सीले दिए बधाई

फागुन ३०, २०७९
राष्ट्रपति पौडेललाई चिनियाँ समकक्षी सीले दिए बधाई

भर्खरै कार्यभार सम्हालेका नवनिर्वाचित रामचन्द्र पौडेललाई छिमेकी मुलुक चीनका समकक्षी सी चिन फिङले बधाई दिएका छन्। 

चिनियाँ दूतावासमार्फत आज एक विज्ञप्ति जारी गर्दै सन्देशमा सीले चीन र नेपाल हिमाल र नदीले जोडिएका मित्रवत छिमेकी भएको र सन् १९५५ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै यी दुई बीचको सम्बन्धले शान्तिपूर्ण सहअस्तित्व, मित्रता र पारस्परिक सहयोगको राम्रो उदाहरण प्रस्तुत गर्दै स्वस्थ र स्थिर विकास भएको उल्लेख गरेका छन्। 

यसअघि भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले पनि पौडेललाई बधाई दिएकी थिइन्। 

पौडेल फागुन २५ गते नेपालको तेस्रो राष्‍ट्रपतिमा निर्वाचित भएका थिए। उनले हिजो (सोमबार) शपथ ग्रहण गरेका थिए। 

salt training

कमेन्ट गर्नुहोस्