१८ असार २०८३, बिहीबार

भक्तपुर नगरपालिकाले गर्‍यो सडक पेटीमा राखिएका सामान जफत

भक्तपुर नगरपालिकाले गर्‍यो सडक पेटीमा राखिएका सामान जफत

भक्तपुर नगरपालिकाले सडक पेटी हडपेर व्यापार व्यवसाय सञ्चालन गर्दै आएका व्यापारीको सामान र मोटसाइकल जफत गरेको छ ।

सडक पेटीमा र सर्भिस ट्रयाकमा कुनै पनि सवारीसाधन बिक्रीका लागि नराख्न र सामान व्यापार व्यवसाय नगर्न नगरपालिकाले पटक–पटक निर्देशन दिँदा पनि अटेर गरेपछि मंगलवार नगरपालिकाले गरेको अनुगमनमा मोटरसाइकलसहित विभिन्न सामान जफत गरेको हो ।

नगरपालिकाको अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा भक्तपुरको घलाते र चुनदेवीमा २५ वटा पसल अनुगमन गरी पसल बाहिर बाटो र पेटीमा बेचबिखनका लागि राखेका सामान र मोटरसाइकल लगायतका सवारीसाधन जफत गरी ल्याएको संयोजक गोराले बताए ।

अनुगमनमा ब्रदर्श रिकन्डिसन हबलाई बाटो र पेटीमा बिक्रीका लागि राखिएको मोटरसाइकल नराख्न पटक–पटक निर्देशन दिँदा समेत अटेर गेपछि बिक्रीका लागि राखेको मोटरसाइकल जफत गरी ३ दिनभित्र नगरपालिकामा हाजिर हुन निर्देशन दिएको उनले जानकारी दिए ।

अमरबत्ती इन्टरप्राइजेज प्रालि, ख्वप हार्डवेयर प्रालि, खोटा खाजा घर, युनिस्टल ट्रेडर्स, बागमती आर्टस्, आरबी निर्माण सप्लार्यस, एभरेस्ट अटोटेक एण्ड सप्लायर्स, ह्वाक्सी फर्निचर (डेकोर) प्रालिलाई ३ दिनभित्र दर्ता नवीकरण गरी नगरपालिकामा हाजिर हुन निर्देशन दिएको बजार निरीक्षक रामकृष्ण प्रजापतिले बताए ।

म्याद गुज्रेका सामान बिक्रीका लागि राख्ने कृष्ण किराना पसलमा पेय पदार्थ एवं खाद्य पदार्थ नष्ट गरिएको र श्रीलाल कोसवारको ग्रिल पसल तथा वर्कसप, रिचा भुसालको किराना पसल, सुस्मिता श्रेष्ठको साधारण जलपान पसललाई अनुुगमनकै क्रममा दर्ता गराएको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्