३० असार २०८३, मंगलबार

उपराष्ट्रपति निर्वाचनका लागि मौन अवधि शुरू

उपराष्ट्रपति निर्वाचनका लागि मौन अवधि शुरू

आगामी चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनका लागि गएरातिदेखि मौन अवधि शुरू भएको छ ।

आचारसंहिताबमोजिम निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनकोे ४८ घण्टाअघिदेखि अर्थात मंगलवार राति १२ बजेदेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागू भएको छ ।

राष्ट्रपतिको अनुपस्थितिमा उपराष्ट्रपतिले जिम्मेवारी सम्हाल्ने संवैधानिक व्यवस्था रहेको पद देशको स्थिति र अवस्थालाई मध्यनजर राखेर बनाइएको महत्त्वपूर्ण पद मानिन्छ । 

निषेधको अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न, उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ ।

आयोगले उम्मेदवारलाई मत माग्न, एसएमएस, फेसबूक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालबाट मत माग्न, आचारसंहिताविपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चारमाध्यमबाट जीत/हारको पूर्वानुमानका सामग्री प्रसारजस्ता कार्य नगर्न सुझाव दिएको छ । 

मतदानका दिन बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदानमा सहभागी भई अमूल्य मतदान गर्न निर्वाचक मण्डलका सदस्यलाई आयोगले अनुरोध पनि गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्