१० साउन २०८३, आइतबार

‘मुन्द्रेको कमेडी क्लब’ भोलिदेखि, पहिलो अतिथि बने प्रदीप खड्का

‘मुन्द्रेको कमेडी क्लब’ भोलिदेखि, पहिलो अतिथि बने प्रदीप खड्का

हास्य अभिनेता जितु नेपाल (मुन्द्रे)ले ‘मुन्द्रेको कमेडी क्लब’को तेस्रो सिजन भोलि (बिहीवार)देखि प्रसारणमा ल्याउँदैछन् ।

भोलिदेखि हरेक बिहीवार राती ९ बजे कान्तिपुर टेलिभिजनमा यो शो प्रशारणमा आउनेछ ।

युट्युबमा भने ओएसआर डिजिटलमार्फत यो शो सार्वजनिक हुनेछ । 

यस सिजनमा अध्यक्षमा अभिनेत्री प्रियंका कार्की छिन् भने निर्देशकमा दिनेश डीसी छन् ।

null

त्यस्तै कलाकारहरूमा दमन रुपाखेती, राजेन्द्र नेपाली, प्रभात लामालगायत रहेका छन् ।

निर्माण टिमले पहिलो भागको प्रोमो सार्वजनिक गरेको छ ।

पहिलो भागमा युवास्टार अभिनेता प्रदीप खड्का अतिथि बनेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्