०६ साउन २०८३, बुधबार

बाखमुतमा रुसविरुद्ध डटेर लडिरहने जेलेन्स्कीको अडान

चैत १, २०७९
बाखमुतमा रुसविरुद्ध डटेर लडिरहने जेलेन्स्कीको अडान
Anadolu Agency

युक्रेनका शीर्ष सैन्य अधिकारीहरू बाखमुतमा रुसी आक्रमणका विरुद्ध डटेर लडिरहन प्रतिबद्ध रहेको युक्रेनक ाराष्ट्रपति भालोदीमीर जेलेन्स्कीले बताएका छन् । 

बाखमुतका विषयमा उनले सैन्य कमान्डसँग छलफल गरेका थिए । सैन्य अधिकारीहरू बाखमुत सहितको पूर्वी सेक्टरको प्रतिरक्षा गर्न एकमत रहेको उनको भनाइ छ । 

‘सबै सैन्य अधिकारीको अडान स्पष्ट थियो : यस सेक्टरमा सुदृढता देखाउने अनि आक्रमणकारीलाई अधिकतम क्षति पुर्‍याउने,’ जेलेन्स्कीले भिडियो सम्बोधनमार्फत बताए । 

युक्रेनको डोनेत्स्क प्रान्तमा रहेको बाखमुत नियन्त्रणमा लिनका लागि रुसीहरूले महिनौंदेखि कोशिश गरिरहेका छन् । 

यसमा नियन्त्रण कायम भएमा रुसलाई डोनेत्स्कका दुई ठूला शहर क्रामातोर्स्क र स्लोभियान्स्कतर्फ अघि बढ्न सहज हुन्छ । 

युक्रेनी सेनाप्रमुख भ्यालरी जालुज्नी बाखमुतको रणनीतिक महत्त्व उच्च रहेको बताउँछन् । 

‘शत्रुलाई रोक्नका लागि बाखमुतमा प्रतिरक्षात्मक कारवाही गर्नुको उच्च महत्त्व छ,’ जेलेन्स्कीसँगको बैठकमा उनले बताए, ‘समग्र युद्धपंक्तिको प्रतिरक्षालाई स्थिर बनाउन यो महत्त्वपूर्ण कारवाही हो ।’
 

salt training

कमेन्ट गर्नुहोस्