०४ साउन २०८३, सोमबार
रामसहायलाई मतदान गर्ने कांग्रेसको निर्णय

कांग्रेस कार्यसम्पादन समिति बैठकः उपराष्ट्रपतिमा रामसहायलाई मतदान गर्ने लगायत ४ बुँदे निर्णय

कांग्रेस कार्यसम्पादन समिति बैठकः उपराष्ट्रपतिमा रामसहायलाई मतदान गर्ने लगायत ४ बुँदे निर्णय

नेपाली कांग्रेसले चैत्र ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनमा जसपाका नेता रामसहाय प्रसाद यादवलाई मतदान गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले यादवलाई मतदान गर्ने निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

बैठकले पार्टीका उम्मेदवार रामचन्द्र पौडेललाई मतदान गरेकोमा गठबन्धनमा आबद्ध दललाइ धन्यवाद दिएको छ ।

साथै कांग्रेस बैठकले संविधानको पालना गर्दै राष्ट्रपतिको गरिमा मर्यादा, दायित्व र जिम्मवारीलाई कार्यसम्पादन गर्ने विश्वाससहित बधाई दिएको छ । 

कांग्रेस बैठकले वैशाख १० गते उपनिर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गर्न मातहतका निकायलाई निर्देशन दिएको छ ।

कमेन्ट गर्नुहोस्