०३ साउन २०८३, आइतबार

चितवन- २ पार्टीका तर्फबाट उम्मेदवारको नाम प्रस्ताव गर्न कांग्रेसको निर्देशन

चितवन- २ पार्टीका तर्फबाट उम्मेदवारको नाम प्रस्ताव गर्न कांग्रेसको निर्देशन

नेपाली कांग्रेसले चितवन क्षेत्र नम्बर २ मा हुने प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उपनिर्वाचनमा उम्मेदवारको नाम प्रस्ताव गर्न आग्रह गरेको छ। 

बुधबार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकबारे निर्णय गर्दै पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले वैशाख १० गते हुने उक्त उपनिर्वाचनका लागि पार्टी विधानको धारा ३२ (८) बमोजिम क,ख,ग बमोजिम प्रक्रिया पुर्‍याई ​उम्मेदवारको नाम प्रस्ताव र सिफारिस गर्न पार्टीका सम्बन्धित निकायलाई निर्देशन दिइएको जानकारी दिए। 

त्यस्तै आजको बैठकले उपराष्ट्रपतिका उम्मेदवार जसपा नेता रामसहाय यादवलाई मतदान गर्ने पनि निर्णय गरेको छ। 

त्यस्तै बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत्र ६ या ७ गते प्रतिनिधि सभामा विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने र आफूहरू सरकारमा जाने बताए। 

salt training

कमेन्ट गर्नुहोस्