×

NIC ASIA

महाशक्ति भिडन्तको चिन्ता

युक्रेनमा पहिलोपटक रुस–अमेरिका आमनेसामने : ‘रीपर ड्रोन’ खस्दा युद्ध चर्किने चिन्ता

चैत १, २०७९

Prabhu Bank
NTC
Premier Steels
Marvel

रुस–युक्रेन द्वन्द्व शुरू भएको एक वर्षभन्दा बढी समय भइसक्दा युद्ध टुंगिनुको साटो झन् चर्किने लक्षण देखिएको छ । 

मंगलवार कृष्ण सागर (ब्ल्याक सी) माथि उडिरहेको अमेरिकी एमक्यू–९ रीपर ड्रोनलाई रुसीहरूले सागरमा खस्न बाध्य बनाएका छन् । अन्तर्राष्ट्रिय हवाईक्षेत्रमा उडिरहेको आफ्नो निगरानी ड्रोनको सामुन्ने आएर त्यसको प्रोपेलरलाई रुसी लडाकू विमानले क्षतिग्रस्त बनाइदिएको आरोप अमेरिकी सेनाले लगाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उता रुसीहरूले चाहिँ उक्त ड्रोन युक्रेनविरुद्ध चलाइएको विशेष सैन्य कारवाहीका लागि स्थापित नियन्त्रित हवाईक्षेत्रभित्र आइपुगेकाले त्यसलाई रोक्न लडाकू विमान पठाइएको बताएका छन् । यस नियन्त्रित हवाईक्षेत्रका बारेमा महिनौंअघि सबैलाई जानकारी दिइसकेको रुसीहरू बताउँछन् । 


Advertisment
Rupse Holidays
Nabil box

रुसी सञ्चारमाध्यममा आएका अपुष्ट खबरअनुसार, जासूसी प्रयोजनका लागि तैनाथ गरिएको उक्त ड्रोन क्राइमियाको सेभास्तोपोल बन्दरगाहबाट ६० किलोमिटर पर उडिरहेको थियो ।

Vianet communication

रुसी सञ्चारमाध्यम आरटीका अनुसार, अमेरिका र नेटोले युक्रेन युद्ध शुरू भएपछि बाल्टिक र कृष्णसागर दुवैमा हवाई गुप्तचरी कारवाही बढाएका छन् । अमेरिकाले युक्रेनलाई गोप्य जानकारी तथा सूचना उपलब्ध गराएर रुसी सेनामाथि निशाना लगाउन सघाइरहेको छ । 

आफू यस युद्धको एक पक्ष नभएको भने पनि अमेरिकाले युक्रेनलाई हातहतियार, पैसा, सैन्य तालिम र सामरिक सूचना उपलब्ध गराइरहेको छ । सोमवार मात्र अमेरिकी सेनाको आणविक हतियार समेत बोक्न सक्ने बी–५२ बमवर्षक विमान जानाजान रुसको सेन्ट पिटर्सबर्गतर्फ उडेको अनि क्रुज क्षेप्यास्त्र प्रहार गर्न मिल्ने रेन्जसम्म पुगेर फर्किएको आरटी लेख्छ । 

आफू यस युद्धको एक पक्ष नभएको भने पनि अमेरिकाले युक्रेनलाई हातहतियार, पैसा, सैन्य तालिम र सामरिक सूचना उपलब्ध गराइरहेको छ । सोमवार मात्र अमेरिकी सेनाको आणविक हतियार समेत बोक्न सक्ने बी–५२ बमवर्षक विमान जानाजान रुसको सेन्ट पिटर्सबर्गतर्फ उडेको अनि क्रुज क्षेप्यास्त्र प्रहार गर्न मिल्ने रेन्जसम्म पुगेर फर्किएको आरटी लेख्छ । 

अमेरिका चाहिँ अन्तर्राष्ट्रिय हवाईक्षेत्रमा उडिरहेको आफ्नो ड्रोनलाई रुसले तारो बनाउनु गैरजिम्मेवार कदम भएको बताइरहेको छ । सीएनएनमा आरेन लीबरम्यान, जेनिफर ह्यान्सलर, हेली ब्रिज्की र नताशा बर्ट्रान्डले तयार पारेको सामग्रीमा उल्लेख भएअनुसार, अमेरिकी रीपर ड्रोन अन्तर्राष्ट्रिय जलक्षेत्रमाथि उडिरहेको बेलामा दुईमध्ये एक रुसी जहाजले जानाजान ड्रोनको अगाडि आएर ड्रोनमाथि कैयौंपटक इन्धन फ्याँकेको अमेरिकी सेनाको युरोपीयन कमान्डले बयान जारी गरेर जनायो । 

त्यसपछि रुसी विमानले ड्रोनको प्रोपेलरमा हिर्काइदियो अनि अमेरिकी सेनाले एमक्यू–९ ड्रोनलाई अन्तर्राष्ट्रिय जलक्षेत्रमा झारे, सीएनएन लेख्छ । रुसी विमान अमेरिकी ड्रोन नजिक ३० देखि ४० मिनेट उडेको अनि स्थानीय समयअनुसार बिहान ७ बजे जुधेको सीएनएनको सामग्रीमा उल्लेख गरिएको छ । 

रुसको रक्षा मन्त्रालयले चाहिँ ड्रोनको ट्रान्सपोन्डर बन्द गरेर अमेरिकीहरूले गलत मनसाय देखाएको संकेत गरेका छन् । अर्को ड्रोन वा विमानसँग नजुध्नका लागि सुरक्षित दूरी कायम गर्ने हिसाबमा ड्रोनहरूले ट्रान्सपोन्डर खुला राख्ने गरेका हुन्छन् । 

तर रुसीहरूको कुरामा विश्वास गर्ने हो भने अमेरिकी ड्रोनले युक्रेनलाई वसन्त याममा गर्न लागेको प्रत्याक्रमणका लागि महत्त्वपूर्ण सूचना उपलब्ध गराउन ट्रान्सपोन्डर अन नगरिकनै ड्रोन उडाउन खोजेको देखिन्छ । यसअघि रुसी हवाईक्षेत्र नजिक उडाइएका ड्रोनविरुद्ध रुसले कुनै कारवाही नगरेकाले पनि अमेरिकीहरूलाई ट्रान्सपोन्डर अफ गर्दा पनि फरक नपर्ने सोच आएको हुनसक्छ ।

आफ्नो विमानले अमेरिकी ड्रोनलाई छुँदा पनि नछोएको रुसको रक्षा मन्त्रालयको भनाइ छ । रुसी लडाकू विमानबाट बच्नका लागि ड्रोन दिशा परिवर्तन गर्ने क्रममा क्षतिग्रस्त भई सागरमा खसेको रुसीहरू बताउँछन् ।

अमेरिका र रुसमध्ये कसले सही कुरा भनिरहेको हो भनी यकिन गर्न गाह्रो छ । तर युक्रेन युद्ध शुरू भएदेखि पहिलोपटक दुई आणविक शक्तिराष्ट्र यसरी आमनेसामनेको स्थितिमा आउनु आफैंमा खतरनाक घटना हो । 

यस घटनामार्फत रुसले अमेरिका तथा उसका नेटो साझेदारलाई स्पष्ट रूपमा चेतावनी दिन खोजेको देखिन्छ । नेटोले युक्रेनलाई हातहतियार सहयोग गरी युद्ध लम्ब्याइरहँदा आफ्नो धैर्य गुम्दै गएको सन्देश मस्कोले  दिन खोजेको हुनुपर्छ । युक्रेनको युद्धभूमिमा रुसी सैनिकहरूमाथि आक्रमण गर्न सघाउने पश्चिमका सबै हर्कतलाई निशाना बनाउन अब रुस नचुक्ने सन्देश पनि दिन खोजिएको बुझिन्छ । 

हुन पनि एमक्यू–९ रीपर ड्रोनले युक्रेनमा रहेका रुसी सैनिकहरूका विरुद्ध सूचना संकलन गर्ने अनि त्यसैको आधारमा युक्रेनले रुसी सैनिकमाथि सांघातिक आक्रमण गर्ने गरिरहेको थियो । युक्रेनले वसन्त याममा प्रत्याक्रमणको योजना बुनिरहेको सन्दर्भमा त्यसलाई सघाउन अमेरिकाले भरपूर सहयोग गरिरहेको स्पष्ट नै छ । आफ्ना सैनिकमाथि आक्रमण गर्ने स्रोतलाई नै ध्वस्त पार्ने सोचमा रुस अब पुग्न थालेको देखिन्छ । 

माथि पनि उल्लेख भएअनुसार, युक्रेन युद्ध शुरू भएदेखि नै अमेरिकी ड्रोनहरू कृष्णसागरमा उडिरहेका थिए तर रुसले कहिले पनि तिनलाई तारो बनाएको थिएन । अहिले आएर रुसले अमेरिकी ड्रोनविरुद्ध कारवाही गरी खुला चेतावनी दिएको हो । 

नेटोले हवाई गुप्तचरी बन्द नगरेमा आफूहरूले थप कठोर कारवाही गर्न नहिचकिचाउने सन्देश रुसले प्रवाहित गर्न खोजेको प्रतीत हुन्छ । अमेरिकी ड्रोनलाई कृष्ण सागरमा खस्नका लागि कारवाही गर्दा बाइडन प्रशासनले कस्तो किसिमको सैन्य प्रतिक्रिया जनाउँदो रहेछ भनी हेर्नका लागि पनि रुसले यो कदम चालेको हुन सक्छ । 

भूराजनीतिक विश्लेषक पेपे एस्कोबारले अमेरिकाको रीपर ड्रोन इटलीको सिसिलीस्थित सिगोनेलामा रहेको नेटो सैन्य अड्डाबाट उडाइएको अनि क्राइमियासम्म लान खोजिएको बताएका छन् । रुसको इलेक्ट्रोनिक वारफेयर इकाइले अमेरिकी ड्रोनलाई सही दिशातर्फ डोहोर्‍याउने भूउपग्रहीय सूचनामा पहुँच बन्द (जाम) गरिदिएको उनी लेख्छन् । त्यसपछि अन्धाधुन्ध उडेर ड्रोन ध्वस्त भएको अनि कृष्ण सागरमा खसेको उनको भनाइ छ । 

यस्ता किसिमका घटनाहरू दोहोरिएमा यसले युद्धको दायरा फराकिलो बनाएर दुई आणविक महाशक्तिको भिडन्तको स्थिति ल्याउने जोखिम पनि छ । सानो गल्ती वा अज्ञानताले समेत युद्धलाई चर्काइदिन सक्छ । अमेरिकाले यस घटनामा कस्तो किसिमको सैन्य प्रतिक्रिया जनाउँछ भन्ने कुराले आगामी घटनाक्रम निर्धारित गर्नेछ । 

रुसी सेनाको कृष्ण सागर बेडाले उक्त ड्रोनको कम्प्युटर मेमोरी चिपहरू बरामद गरिसकेको आरटी लेख्छ । रुसी जलसेनाले ड्रोनका टुक्राटाक्री हात पारेको अमेरिका र नेटाले पी–८ए तथा जी–५५० निगरानी विमानबाट हेरिसकेको आरटीको सामग्रीमा उल्लेख छ । यसरी रुसीहरूको हातमा अमेरिकी ड्रोनको महत्त्वपूर्ण जानकारी हात पर्नु अमेरिकाका लागि जोखिम हो । 

अमेरिकाका लागि रुसका राजदूत एनाटोली एन्टोनोभले यस घटनापछि वाशिङटनले रुसी सीमानजिक विमान वा ड्रोन उडाउन छोड्ने अपेक्षा आफूहरूले गरेको बताएका छन् । अमेरिकाको मुख्यभूमिबाट हजारौं माइल टाढा ती ड्रोनहरू किन उडाइरहनुपर्‍यो भनी उनले प्रश्न गरेका छन् । 

उनको यो प्रश्न जायज छ । मानौं, रुसले आफ्नो मुख्यभूमिबाट सबभन्दा नजिकको सीमाक्षेत्र अलास्कामा अमेरिकी सैन्य अड्डा निकट अन्तर्राष्ट्रिय जलक्षेत्रमा आफ्ना गुप्तचर ड्रोनहरू नियमित रूपले उडाएमा अमेरिकी सरकारले कस्तो प्रतिक्रिया जनाउँथ्यो होला ? पक्कै पनि अमेरिकी अधिकारीहरूले रुसलाई यस्तो किसिमको आक्रामक कारवाही रोक्न माग गर्थे । त्यसैले अमेरिका आफूले चाहिँ रुस नजिक यसरी सैन्य विमान वा ड्रोन उडाउँदा रुसले आपत्ति जनाउनु अस्वाभाविक मान्न सकिँदैन । 

तर यस्ता किसिमका घटनाहरू दोहोरिएमा यसले युद्धको दायरा फराकिलो बनाएर दुई आणविक महाशक्तिको भिडन्तको स्थिति ल्याउने जोखिम पनि छ । सानो गल्ती वा अज्ञानताले समेत युद्धलाई चर्काइदिन सक्छ । अमेरिकाले यस घटनामा कस्तो किसिमको सैन्य प्रतिक्रिया जनाउँछ भन्ने कुराले आगामी घटनाक्रम निर्धारित गर्नेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ २, २०८१

सहकारीपीडितको अर्बौ‌ं रकम अपचलनका विषयमा संसदीय छानबिन समिति गठनको पक्षविपक्षमा नेपाली कांग्रेस र नेकपा एमाले विभाजित हुँदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चेपुवामा परेका छन् ।&nb...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x