×

NIC ASIA

भोलिदेखि सुरु हुने ‘निफ’को तयारी पूरा, प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने

३५ देशका ९५ चलचित्रको प्रदर्शनी क्यूएफएक्सका अत्याधुनिक हलमा हुने

चैत १, २०७९

Prabhu Bank
NTC
तस्वीर : सुरेन्द्र थापा
Premier Steels

छैटौँ संस्करणको ‘नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव’ (निफ) बिहीवारदेखि काठमाडौंमा सुरु हुँदैछ ।

६ गते सोमवारसम्म चल्ने महोत्सवको भोलि दिउँसो ३ बजे सिभिल मल सुन्धारामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समुद्घाटन गर्ने कार्यक्रम छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आयोजकले बुधवार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै चलचित्र महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ । 


Advertisment
Rupse Holidays
Nabil box

निफका अध्यक्ष केपी पाठकले महोत्सवको सम्पूर्ण तयारी पूरा भएको बताउँदै संसारभरका प्रतिनिधि चलचित्रलाई आफ्नै आँगनमा हेर्न पाउने यो अवसरबाट वञ्चित नहुन कला अनुरागीहरुलाई आग्रह गरे । 

Vianet communication

महोत्सवमा ५५ देशबाट आएका ५ सय बढी चलचित्रमध्येबाट ३५ देशका ९५ चलचित्र​ प्रतियोगिताका लागि छनोट गरिएको छ । ति प्रतियोगी चलचित्रको प्रदर्शन क्यूएफएक्सद्धारा सञ्चालित अत्याधुनिक हलहरुमा हुनेछ ।

काठमाडौंको सिभिल मल र छायाँ सेन्टर, ललितपुर पुल्चोकको लविङ मल र भक्तपुर राधेराधेस्थित भाटभटेनीमा रहेको हलमा चलचित्रको प्रदर्शनी हुनेछ । 

दैनिक ४ शो चलचित्र प्रदर्शन हुने बताउँदै प्रति शो १ सय ५० रूपैयाँ टिकट शुल्क राखिएको अध्यक्ष पाठकले जानकारी दिए । ४ वटै शो मा फिल्म हेर्न चाहनेका लागि भने ५ सय रुपैयाँ शुल्क तोकिएको उनले बताए । ‘ओपनिङ फिल्म’को रुपमा कोरिन शर्मा निर्देशित चलचित्र ‘चरी’ (अप्रतियोगी) प्रदर्शन हुने छ ।

चलचित्र प्रदर्शनको सेड्यूल सार्वजनिक गरिसकिएको छ । ‘खल्ती एप’ मार्फट टिकट बुकिङ गर्न सकिनेछ । 

महोत्सवमा प्रतियोगी चलचित्रमध्येबाट विभिन्न ७ विधामा १४ वटा पुरस्कार वितरण गरिनेछ । चलचित्र क्षेत्र र सम्बन्धित विधाका विज्ञहरुले विभिन्न शीर्षकमा सेसन चलाउने कार्यक्रम समेत तय छ ।

निफका प्रमुख सल्लाहकार अभिनेता एवं निर्देशक नीर शाहले महोत्सवमा देखाइने चलचित्र विश्वका चलचित्रबारे अध्ययन गर्ने ठूलो पाठ्यक्रम सरह भएको भन्दै धेरै भन्दा धेरै सहभागी भएर लाभ उठाउनेमा विश्वस्त रहेको बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ५, २०८१

मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपप्राध्यापकका रुपमा कार्यरत डाक्टर स्मृति शाक्य ​पेशाले चिकित्सक हुन् ।  लामो समयदेखि यो क्षेत्रमा सक्रिय मुटुरोग विशेषज्ञ डा स्मृतिले अहि...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

प्रकृतिको नियम

प्रकृतिको नियम

जेठ १९, २०८१

प्रकृतिको नियम के भने जति माथि पुग्यो उति झुक्नुपर्ने, गएको ठाउँ हेर्नैपर्ने, गएको ठाउँमा फर्कनै पर्ने । ठूलाठूला बोइङ्गहरू आकाशमा उड्छन्, बादलपारीको मुलुकमा पुग्छन्, समुद्रपारीको मुलुकसम्म पुग्छन् तर, पनि उनीहरू त्...

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

जेठ १८, २०८१

राणा शासनकालको प्रशासनिक व्यवस्थामा 'माथि' भन्नाले प्रधानमन्त्रीलाई बुझाउँदथ्यो । राजाको शासनकालमा दरबार वा राजालाई माथि भनिन्थ्यो । कर्मचारीले इमान्दारिता छाडेमा वा अनैतिक काम गरेमा कुरा माथि पुग्दथ्यो ...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

x