०६ साउन २०८३, बुधबार

पोखरा महानगरपालिका वडा नम्बर १३ ले ७१ युवालाई दियो होटल तालिम

पोखरा महानगरपालिका वडा नम्बर १३ ले ७१ युवालाई दियो होटल तालिम

पोखरा महानगरपालिका १३ ले विभिन्न क्षेत्रका ७१ जना युवायुवतीलाई होटल तालिम दिएको छ ।

एक महिनासम्म चलेको तालिम पोखरा १३ को आर्थिक सहयोग र एभरेष्ट इन्स्टिच्युट अफ होटल म्यानेजमेन्ट प्रालिको प्राविधिक सहयोगमा सम्पन्न भएको हो ।

तालिममा सहभागी सबै प्रशिक्षार्थीलाई निःशुल्क तालिम प्रदान गरिएको अध्यक्ष किरण बरालले जानकारी दिए । उनका अनुसार तालिममा ४१ पुरुष र ३० महिला सहभागी भएका थिए । तालिममा युवायुवतीले बारिस्ता तालिम लिए । सहभागीलाई महेन्द्रपुलस्थित एभरेष्ट इन्स्टिच्युटले तालिम प्रदान गरेको थियो ।

‘तालिमले स्थानीय युवायुवतीलाई सीप सिकेर आत्मनिर्भर बनाइ थप जीवनयापन गर्न सहज विश्वास गरेका छौँ,’ उनले भने,’ सीप सिकौँ र आत्मनिर्भर बनौँ भन्ने अभियानका साथ तालिम आयोजना गरिएको थियो । ‘आगामी दिनमा थप यस्ता आत्मनिर्भर मुखी कार्यक्रम ल्याई स्थानीयलाई जीविकोपार्जनका लागि थप सहज बनाइने उनले प्रस्ट पारे ।

 तालिममा सहभागी सबैलाई महानगरका शिक्षा प्रमुख हेमप्रसाद आचार्यले प्रमाणपत्र वितरण गरेका थिए । उनले वडाले यस्ता प्रोत्साहनमूलक कार्यहरू गर्नलाई सुझाए ।

‘युवाहरूमा गरेको लगानी खेर जाँदैन । लगानीलाई थप फलदायी बनाउन सबैजनाको सक्रियताको आवश्यक रहेको छ,’ प्रमुख अतिथि आचार्यले भने ।

salt training

कमेन्ट गर्नुहोस्