३० असार २०८३, मंगलबार

यूट्युबरविरुद्ध कडा देखियो प्रहरी : बैंकको ६५ लाख रुपैयाँ रोक्का, पक्राउ गर्ने तयारी

चैत २, २०७९
यूट्युबरविरुद्ध कडा देखियो प्रहरी : बैंकको ६५ लाख रुपैयाँ रोक्का, पक्राउ गर्ने तयारी

फर्जी भिडियो बनाएर भ्रम फैलाउँदै बढी भ्युज बनाउन खोज्ने यूट्युबरविरुद्ध भारतको बिहार प्रहरी कडा देखिएको छ ।

बिहारको आर्थिक अपराध इकाईले यूट्युबर मनीष कश्यप र युवराज सिंहविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । विभिन्न ४ वटा बैंक खातामा रहेको ६५ लाख रुपैयाँ समेत रोक्का गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरूलाई पक्राउ गर्न विशेष टीम गठन गरिएको छ ।

मनीषको टीमले तमिलनाडुमा रहेका बिहारी मजदुरविरुद्ध हमला भएको भन्दै फर्जी भिडियो बनाई शेयर गरेको थियो । यस मामिलामा उनीहरूविरुद्ध पहिल्यैदेखि मुद्दा दर्ता भएको छ । मनीषको यूट्युब समेत बन्द गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्