१४ असार २०८३, आइतबार

आजदेखि ‘निफ’, प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने

आजदेखि ‘निफ’, प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने

छैटौँ संस्करणको ‘नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव’ (निफ) बिहीवारदेखि काठमाडौंमा सुरु हुँदैछ । ६ गते सोमवारसम्म चल्ने महोत्सवको  दिउँसो ३ बजे सिभिल मल सुन्धारामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समुद्घाटन गर्ने कार्यक्रम छ । 

आयोजकले बुधवार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै चलचित्र महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिइसकेको छ । 

निफका अध्यक्ष केपी पाठकले महोत्सवको सम्पूर्ण तयारी पूरा भएको बताउँदै संसारभरका प्रतिनिधि चलचित्रलाई आफ्नै आँगनमा हेर्न पाउने यो अवसरबाट वञ्चित नहुन कला अनुरागीहरुलाई आग्रह गरे । 

महोत्सवमा ५५ देशबाट आएका ५ सय बढी चलचित्रमध्येबाट ३५ देशका ९५ चलचित्र​ प्रतियोगिताका लागि छनोट गरिएको छ । ति प्रतियोगी चलचित्रको प्रदर्शन क्यूएफएक्सद्धारा सञ्चालित अत्याधुनिक हलहरुमा हुनेछ ।
 

salt training

कमेन्ट गर्नुहोस्