
आईसीसी विश्वकप लिग–२ अन्तर्गतको अन्तिम खेलमा यूएईविरुद्ध नेपालले पहिलो सफलता हात पारेको छ ।
नेपाली बलर ललित राजवंशीले यूएईका आर्यन लाक्रालाई ‘बोल्ड आउट’ गरेका छन् ।
ललितले तेस्रो ओभरको पाँचौं बलमा लाक्रालाई आउट गरेका हुन् । उनले ७ बल खेलेर ६ रन बनाएका थिए ।
तेस्रो ओभर सकिँदासम्म यूएईले १९ रन बनाएर १ विकेट गुमाएको छ ।