१० साउन २०८३, आइतबार

लुम्बिनी प्रदेशसभा बैठक मंगलवार बस्ने

लुम्बिनी प्रदेशसभा बैठक मंगलवार बस्ने
फाइल फोटो

लुम्बिनी प्रदेश सभाको ७औं बैठक चैत ७ गते मंगलवार बस्ने भएको छ ।

सभामुख तुलाराम घर्तीको निर्देशनअनुसार बैठक बस्ने तय भएको प्रदेशसभा सचिवालयद्वारा बिहीवार जारी सूचनामा उल्लेख छ ।

प्रदेशसभा सचिवालयले जारी गरेको सूचनाअनुसार बैठक मंगलवार दिउँसो १ बजे बस्नेछ ।

लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को नियम १२ को उपनियम ३ बमोजिम बैठक बस्ने तय भएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनद्वारा जारी सूचनामा उल्लेख छ ।

यसअघि प्रदेश सभाको बैठक गत फागुन १७ गते बसेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्