भारतको कर्नाटकमा विधान परिषद्का सदस्य तथा भारतीइ जनता पार्टीका नेता आर शंकरको घरमा कमर्सियल कर विभागले छापा मारेको छ ।
त्यसक्रममा विभागका अधिकारीहरूले ६ हजार सारी र ९ हजार स्कूल ब्याग जफत गरेका छन् ।
विधानसभा निर्वाचन नजिकिँदै गर्दा शंकरले मतदाताहरूलाई लोभ्याउनका लागि यी कुराहरू भेला पारेको आशंका गरिएको छ ।
लोकायुक्त प्रहरीका तर्फबाट भाजपा विधायक मदल विरुपाक्षप्पाका छोरा प्रशान्तको घरमा छापामारी र नगद जफतको घटनापछि अहिलेको छापामारी भएको हो ।
कर्नाटकका मुख्यमन्त्री बसवराज बोम्मईले सरकारी एजेन्सीहरू स्वतन्त्र रहेको कुरा यस छापामारीबाट पुष्टि हुने बताएका छन् ।
आर शंकर प्रज्ञावन्त जनता पार्टीको टिकटमा सन् २०१८ मा रानीबेन्नूर विधानसभा सीटबाट निर्वाचित भएका थिए । उनले कांग्रेस–जनता दल (एस) गठबन्धन सरकारलाई समर्थन दिने वाचा गरेका थिए तर सन् २०१९ मा उनी भाजपामा प्रवेश गरे ।
अयोग्य घोषणा गरिएका १७ विधायकमध्ये उनी पनि एक थिए । भाजपाले उनलाई उपचुनावको टिकट नदिएपछि एमएलसी बनाएको थियो ।