०४ साउन २०८३, सोमबार

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको वरिष्ठ डेपुटी सीईओमा साउद

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको वरिष्ठ डेपुटी सीईओमा साउद

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) को वरिष्ठ डेपुटी सीईओमा वरिष्मा साउद आचार्य नियुक्त भएकी छन् ।

फागुन २९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले आचार्यलाई कम्पनीको वरिष्ठ डेपुटी सीईओमा नियुक्त गरेको हो ।

यसअघि उनी साविकको लुम्बिनी जनरल इन्स्योरेन्सको डेपुटी सीईओको रुपमा कार्यरत थिइन् ।

सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स एक आपसमा गाभिएसँगै कम्पनी सञ्चालक समितिको बैठकले आचार्यलाई नयाँ कम्पनीको वरिष्ठ डीसीईओ पदमा आचार्यलाई नियुक्त गर्ने निर्णय गरेको हो ।​

नवनियुक्त वरिष्ठ डीसीईओ आचार्यसँग नेपाली बीमा क्षेत्रमा दुई दशक बढी काम गरेको अनुभव छ ।

त्यसअघि उनी शिखर इन्स्योरेन्समा डेपुटी जनरल म्यानेजरको रुपमा कार्यरत थिइन्। 

salt training

कमेन्ट गर्नुहोस्