जिम्बाब्वे सरकारले ब्रिक्सको सदस्य बन्ने इच्छा व्यक्त गरेको छ ।
सत्तारूढ दल जेडएएनयू–पीएफका सभामुख क्रिस्टोफर मुत्स्वांग्वाले रुसको आरआईए नोभोस्ती समाचार संस्थासँग कुराकानी गर्दै आफूहरू ब्रिक्सको सदस्य बन्न चाहेको स्पष्ट पारे ।
पश्चिमको प्रभुत्व रहेको स्विफ्ट भुक्तानी सञ्जालको विकल्पमा आफ्नो मुलुक इच्छुक रहेको उनको भनाइ छ ।
ब्रिक्स अन्तर्राष्ट्रिय सम्बन्धमा नयाँ शक्ति भएको मुत्स्वांगवाले बताए । यसको विकास तथा विस्तार कयाम रहने आशा आफूले गरेको उनको भनाइ छ ।
ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सदस्य भएको ब्रिक्सले विश्वको ४० प्रतिशत जनसंख्याको प्रतिनिधित्व गर्छ । अनि विश्वव्यापी कुल गार्हस्थ्य उत्पादनको लगभग एक चौथाइ भाग यसले ओगटेको छ ।
रुसका परराष्ट्रमन्त्री सर्गे लाभरोभले एक दर्जनभन्दा बढी मुलुकहरू ब्रिक्समा जोडिन चाहेको बताएका छन् ।