२६ जेठ २०८३, मंगलबार

मकवानपुरको मनहरीमा बस दुर्घटना, घाइतेहरूलाई भरतपुर लगिँदै

मकवानपुरको मनहरीमा बस दुर्घटना, घाइतेहरूलाई भरतपुर लगिँदै

पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवनापुरको मनहरी गाउँपालिका-६ स्थित नयाँबस्ती भन्ने स्थानमा बस दुर्घटना भएको छ ।

आज दिउँसो करिब पौने ४ बजे चितवनबाट हेटौँडा आउँदै गरेको ना७ख १३२६  नम्बरको बस अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ। 

बस सडकबाट करिब २०-२५ फिट तल बारीमा पल्टिएको जिल्ला प्रहरी कार्यालय मकवानपुर बताएको छ ।

दुर्घटनामा घाइतेहरूको उद्धार गरी भरतपुरतर्फ पठाउने कार्य भइरहेको प्रहरीले बताएको छ। 

दुर्घटनामा के कति क्षति भयो त्यसको विवरण भने आउन बाँकी छ। 

salt training

कमेन्ट गर्नुहोस्