२६ असार २०८३, शुक्रबार

सरकारप्रति खिलराजको टिप्पणीः ‘वल्लो घरको नरे पल्लो घर सरे’

सरकारप्रति खिलराजको टिप्पणीः ‘वल्लो घरको नरे पल्लो घर सरे’

पूर्वमन्त्रिपरिषद्का अध्यक्ष तथा पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मीले सरकार अस्थिर हुने गरेकाले देशमा नीति निर्माणको काम प्रभावकारी रूपमा हुन नसकेको बताउएका छन्। 

बिहीबार फोकस नेपाल संस्थाको १० औँ वार्षिकोत्सवको अवसरमा काठमाडौंमा आयोजना गरिएको ‘वर्तमान शिक्षा नीति र आगामी चुनौतीहरू’ विषयक विचार गोष्ठीमा पूर्वमन्त्रिपरिषद्का अध्यक्ष रेग्मीले सरकार अस्थिर भएको बताए। 

उनले सरकार स्थिर हुन नसक्दा नीति निर्माणको काम हुन नसकेको बताए। 

सरकार गठन गर्ने र कसरी टिकाउने भन्ने कुरा मात्रै प्राथमिकतामा परेको भन्दै दीर्घकालीन नीतिगत सोच र कार्ययोजना ल्याउन नसकेको बताए।

सरकारले दैनिक रूपमा गर्नुपर्ने प्रशासनिक कामभन्दा बाहेक अरू गर्न नसकेको बताए।

रेग्मीले वर्तमान सरकारलाई ‘वल्लो घरको नरे पल्लो घर सरे’ भन्ने उखानसँग तुलना गरे। 

salt training

कमेन्ट गर्नुहोस्