२३ जेठ २०८३, शनिबार

स्ववियु निर्वाचन : आज रातिदेखि प्रचार–प्रसार रोक

स्ववियु निर्वाचन : आज रातिदेखि प्रचार–प्रसार रोक

त्रिभुवन विश्वविद्यालय (त्रिवि)का क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा आज रातिदेखि मौन अवधि सुरु हुने भएको छ । 

स्ववियु निर्वाचन आचारसंहिताअनुसार आज राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएको हो । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले  उम्मेदवारले आज राति १२ बजेदेखि स्ववियु चुनावको प्रचार–प्रसार गर्न नपाउने बताए ।

उनले निर्वाचन हुनुभन्दा ४८ घण्टा अगाडि प्रचार–प्रसार बन्द गरिएको जानकारी दिए । आज रातिदेखि आचारसंहिता लाग्ने भएपछि आज सम्बन्धित क्याम्पसले उम्मेदवारको प्रचार–प्रसारका लागि एउटा कार्यक्रम गरी परिचयात्मक कार्यक्रम राखेका थिए । 

यही चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि पाँच दिनको लागि मात्र प्रचार–प्रसारको समय छुट्याइएको थियो । निर्वाचनका लागि यही फागुन २७ गते उम्मेदवार मनोनयनपत्र दर्ता गरिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्