
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपाली क्रिकेट टोली विश्वकप छनोटमा पुगेकामा खुसी व्यक्त गरेका छन् ।
अध्यक्ष नेपालले एक सन्देश जारी गर्दै खेलाडीलाई बधाई दिएका छन् । सन्देशमा उनले खेलाडीहरूको अथक मेहनतबाट प्राप्त ऐतिहासिक सफलताप्रति खुसी प्रकट गर्दै आगामी प्रतिस्पर्धामा पनि सफलतको शुभकामना व्यक्त गरेका छन् ।
आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत बिहीबार भएको एकदिवसीय खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई) लाई हराउँदै विश्वकप छनोटमा पुगेको छ ।