चैत ८, २०७९
तिब्बेतियन नागरिकलाई नागरिकता बनाइदिने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । अपराध अनुसन्धान कार्यालयले काडमाडौँको बबरमहलबाट बुधबार ५ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा झापा कचनाकवल गाउँप...
इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई संयुक्त अरब इमिरेट (युएई) बाट पक्राउ गरी नेपाल ल्याइएको छ ।
कपिलवस्तु बुद्धभूमि नगरपालिका–४ बस्ने ६६ वर्षीय गङ्गाराम थारूलाई विसं २०७६ साउन ७ गते धारिलो हतियार प्रयोग गरी हत्या गरेको घटनामा संलग्न रही फरार रहेका सोही जिल्लाका २३ वर्षीय शिवशरण चौधरीलाई युएईबाट पक्राउ गरी नेपाल झिकाइएको र थप कारबाहीका लागि आजै वारदातस्थल कपिलवस्तु पठाइएको छ ।
उनलाई इन्टरपोलअन्तर्गत नेपालमा रहेको नेशनल सेन्ट्रल ब्यूरो (एनसिबी) काठमाडौँको अनुरोध र एनसिबी युएईको सहयोगमा पक्राउ गरिएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले जानकारी दिए ।
व्यक्ति हत्यापछि चौधरी फरार भई युएई बसेको अनुसन्धानका क्रममा खुल्न आएपछि इलाका प्रहरी कार्यालय गोरुसिङ्गे कपिलवस्तुमार्फत प्रहरी प्रधान कार्यालयको इन्टरपोल शाखामा प्राप्त सूचनाका आधारा रेड नोटिस जारी भएको थियो । चौधरीको अन्तर्राष्ट्रियस्तरमा खोजतलासका लागि इन्टपरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०७९ भदौ १४ गते रेड नोटिस जारी भएको थियो । इन्टरपोल शाखाबाट २०७९ भदौ १५ गते एनसिबी युएईलाई जानकारी गराइएको थियो ।
प्रतिवादीलाई पक्राउ गरी सपुर्दगी गर्न अनुरोध गरिएकामा २०७९ भदौ २१ गते एनसिबी युएईले उनलाई पक्राउ गरी सपुर्दगीका लागि आवश्यक कागजात माग गरेको थियो । एनसिबी काठमाडौँले माग भएबमोजिमका कागजात खुलाइ पठाएपश्चात गत फागुन ११ गते चौधरीलाई नेपाल सपुर्दगी गर्ने प्रयोजनार्थ सुरक्षा टोली पठाउन अनुरोध गरेको थियो ।
त्यसपश्चात् आवश्यक प्रक्रिया पूरा गरी काठमाडौँबाट खटिएको इन्टरपोलको प्रहरी टोलीले उनलाई बिहीबार नेपाल ल्याएको हो । रासस
तिब्बेतियन नागरिकलाई नागरिकता बनाइदिने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । अपराध अनुसन्धान कार्यालयले काडमाडौँको बबरमहलबाट बुधबार ५ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा झापा कचनाकवल गाउँप...
प्रहरी महानिरीक्षक (आईजीपी)को रेसमा रहेका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीको भर्ना प्रक्रियालाई लिएर लागेको आरोप पुष्टि नहुने देखिएको छ । एआईजी ज्ञवालीको भर्ना प्रक्रियाका विषयमा प्रारम्भिक अ...
चोरीको मोटरसाइकल सहित काठमाडौको चन्द्रागिरी नगरपालिका १५ स्थित ढुङगेअड्डाबाट शनिबार एक जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । घादिङको गल्छी गाउँपालिका ४ घर भइ हाल काठमाण्डौको नैकाप बस्दै आएका ३२ वर्षीय ...
सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले संगठनमा कुनै पनि व्यक्ति विशेषको दया मायाले होईन पद्धतीले सबैलाई समान र न्यायोचित अवसर प्रदान गर्ने दिशामा अघि बढिरहेको बताएका छन् । राष्ट्रिय सशस्त्र प्रहरी...
काठमाडौंको महाराजगञ्ज चक्रपथ चप्पल कारखाना अगाडि बिहीबार दुर्घटना भएको छ। दिउँसो ३ बजे २ वटा गाडी, २ वटा मोटरसाइकल र एक स्कुटर आपसमा जुधेका हुन्। चक्रपथ रुटमा चल्ने गाडी र भ्यान आपसमा ...
तिब्बेतियन नागरिकलाई नागरिकता बनाइदिने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । अपराध अनुसन्धान कार्यालयले काडमाडौँको बबरमहलबाट ५ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा झापा कचनाकवल गाउँपालिका–३ का ...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...