२७ जेठ २०८३, बुधबार

खानामा बढी नून खानु खतरनाक, डब्ल्यूएचओको यस्तो चेतावनी

चैत ३, २०७९
खानामा बढी नून खानु खतरनाक, डब्ल्यूएचओको यस्तो चेतावनी
प्रतिकात्मक तस्वीर

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले आवश्यकताभन्दा बढी नून खानुलाई खतरनाक भनेको छ ।

संगठनको रिपोर्टअनुसार बढी नून खानु ज्यानमारा हुनसक्छ । यसले विभिन्न खाले रोगलाई निम्त्याउने संगठनको चेतावनी छ ।

विश्व स्वास्थ्य संगठनले सन् २०२५ सम्म खानामा ३० प्रतिशत नून कम गर्ने लक्ष्य लिएको छ । विश्वका ९ देशले नून सम्बन्धी विशेष नियत बनाएका छन् ।

ब्राजिल, चिली, चेक गणतन्त्र, लिथुआनिया, मलेसिया, मेक्सिको, साउदी अरब, स्पेन र उरुग्वेले खानामा नूनको मात्रा घटाउन विशेष नियम बनाएका छन् ।

रिपोर्टअनुसार समयमै अन्य देशले पनि नूनको सेवन रोकथाम नगरे लाखौं व्यक्तिमा विभिन्न प्रकारका रोग देखिन सक्नेछन् । बढी नून सेवनबाट हृदयघात, मष्तिस्कघात, मिर्गाैलाको संक्रमण जस्ता रोग देखिन्छन् ।

salt training

कमेन्ट गर्नुहोस्