३० जेठ २०८३, शनिबार

पत्नीको हत्या गर्ने पति पक्राउ

पत्नीको हत्या गर्ने पति पक्राउ

मोरङको बेलबारी नगरपालिका–१ मा पत्नीको हत्या गरेको आरोपमा पति पक्राउ परेका छन् ।

फागुन २५ गते बेलबारी–१ नक्सालवारीका ५७ वर्षीय हेमकर्ण महतले पत्नी देवी महतलाई मासु काट्ने दाउले काटेर मारेको ईलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख उदय राणाले बताए ।

हत्या गरी उनी फरार भएका थिए । उनलाई पथरी शनिश्वरे नगरपालिका–१० पश्चिम बसपार्कबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

घरायसी विवाद हुँदा हेमकर्णले मासु काट्ने दाउले पत्नीको शरीरका विभिन्न अंगमा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । 

हेमकर्णका २ पत्नी थिए । देवी जेठी हुन् । कान्छी पत्नी छुट्टै विराटचोकमा बस्ने गरेकी थिइन् । हेमकर्ण र देवी बेलबारीमै मासु पसल गर्ने गर्थे । पक्राउ परेका हेमकर्णविरुद्ध कर्तव्य ज्यान मुद्दामा म्याद थप गरेर अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्