०२ असार २०८३, मंगलबार

मालपोत र नापीका सेवाग्राहीलाई झन्झट नदिनुस् : सचिव रेग्मी

मालपोत र नापीका सेवाग्राहीलाई झन्झट नदिनुस् : सचिव रेग्मी

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले सेवाग्राहीलाई प्राथमिकतामा राखी शीघ्र झन्झटरहित तवरबाट सेवा प्रवाह गर्न मातहतका सबै मालपोत र नापी कार्यालयलाई निर्देशन दिएको छ ।

मन्त्रालयले देशका सबै मालपोत र नापी कार्यालयलाई कुशल राजस्व संकलक र भूमि प्रशासनका सदाचारयुक्त संस्थाको प्रतिबिम्ब झल्कने गरी कार्यसम्पादन गर्न सुझाव दिएको हो ।

मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले मालपोत र नापीप्रति सर्वसाधारणमा रहिरहेको नकारात्मक भावलाई सकारात्मक छविका रूपमा रूपान्तरण गर्ने वातावरणका साथ काम गर्न निर्देशन दिए ।

मालपोत र नापी कार्यालय कलंकीको आकस्मिक निरीक्षणपछि उनले भने, ‘भूमि प्रशासनको सेवा सबै नागरिकसँग कुनै न कुनै रूपमा जोडिने भएकाले सेवा प्रवाहमा सुधार गरी सबै कर्मचारीले आफ्नो दक्षता र क्षमताको पूर्ण उपयोग गर्नुस् ।’ 

मन्त्रालयका सहसचिव निराजन घिमिरेले कार्यालयको सेवा प्रवाहलाई गुनासोरहित बनाउन र सेवाग्राहीको भनाइ आदरतापूर्वक सुनिदिने वातावरण विकास गर्न जरुरी रहेकाले सोहीअनुरूप काम गर्न निर्देशन दिए । नापी कार्यालय कलंकीका प्रमुख हरिकृष्ण सुवेदीले सेवाग्राहीलाई सन्तुष्टि हुने गरी सेवा प्रवाह गर्नु कार्यालयको प्रमुखको जिम्मेवारी भएको बताए ।

नापी कार्यालयका प्रमुख खिम रानाले नापी कार्यालयले सदाचार सहितको सेवा प्रवाहलाई मूलमन्त्र बनाई अगाडि बढिरहेको र भूमि प्रशासनको सेवामा आँच नआउने गरी काम गर्ने अठोट गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्