२८ जेठ २०८३, बिहीबार
उपराष्ट्रपति निर्वाचन

उपराष्ट्रपति मेरो अनुकूल हुने देख्दैछु– अष्टलक्ष्मी शाक्य

उपराष्ट्रपति मेरो अनुकूल हुने देख्दैछु– अष्टलक्ष्मी शाक्य

उपराष्ट्रपतिमा एमाले उम्मेदवार रहेकी अष्टलक्ष्मी शाक्यले माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' प्रधानमन्त्री बनाए पनि उनले धोका दिँदा प्रतिकूल अवस्था आएको टिप्पणी गरेकी छिन् ।

उपराष्ट्रपति निर्वाचनका क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै शाक्यले आफूहरूले गठबन्धन बनाएर प्रचण्डलाई प्रधानमन्त्री बनाए पनि उनले त्यो गठबन्धन बिगारेपछि देशमा प्रतिकूल अवस्था आएको बताएकी हुन् । 

‘उपराष्ट्रपति मेरो अनुकूल देख्दै छु । निर्वाचन भनेको स्वस्थ मर्यादित, अमर्यादित सबै हुन्छ । अनेक चलखेल हुन्छ । यसमा श्रेष्ठता हासिल गर्नुपर्छ,’ शाक्यले भनिन्, ‘शुरूआतमा प्रधानमन्त्री प्रचण्ड कमरेडसँग तत्कालै मिलेर अगाडि बढेपछि सरकार बन्यो । गठबन्धन अगाडि बढ्यो । देश र जनताको हितका लागि यो गरिएको थियो । यो गठबन्धन बिग्रेपछि देशमा प्रतिकूलता शुरू भएको छ ।’ 

शाक्यले उपराष्ट्रपतिमा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका जसपाका रामसहायप्रसाद यादव र जनमतकी ममता झासँग प्रतिस्पर्धा गरिरहेकी छिन् ।

यादवलाई ९ दलको समर्थन छ । एमाले एक्लै चुनावी मैदानमा छ । सत्ता गठबन्धनमा रहे पनि जनमतले भने झालाई उम्मेदवार बनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्