
उपराष्ट्रपति चयनका लागि भइरहेको निर्वाचनमा मतदान जारी छ ।
१० बजदेखि शुरू भएको निर्वाचनअन्तर्गत पौने १ बजेसम्म ७२३ मत खसेको छ ।
कुल ८८३ मतदातामध्ये संघतर्फका २५० र प्रदेशका ४७३ जनाले मतदान गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
संघका सांसदको मतभार ७९ र प्रदेशका सांसदको मतभार ४८ तोकिएको छ ।
यो मतभारबाट २६ हजार ३१५ मत कटाउने उम्मेदवार विजयी हुनेछन् ।
उपराष्ट्रपतिमा सत्ता गठबन्धनका तर्फबाट जसपाका नेता रामसहायप्रसाद यादव उम्मेदवार छन् ।
एमालेबाट अष्टलक्ष्मी शाक्य र जनमतबाट ममता झा उम्मेदवार बनेका छन् ।