२७ असार २०८३, शनिबार

जब अष्टलक्ष्मीले देउवासँग भोट मागिन्

जब अष्टलक्ष्मीले देउवासँग भोट मागिन्

उपराष्ट्रपतिमा नेकपा एमालेकी उम्मेदवार अष्टलक्ष्मी शाक्यले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भोट मागेकी छिन् ।

शुक्रवार दिउँसो भोट हाल्न संसद भवन नयाँ बानेश्वर पुगेका देउवालाई नमस्कार गर्दै अष्टलक्ष्मीले भोट मागेकी थिइन्। 

त्यस क्रममा उनीहरूबीच हाँसो ठट्टा चलेको थियो।

नेपाली कांग्रेसले पार्टीमा औपचारिक निर्णय गरेरै जसपाका रामसहाय यादवलाई सघाउने निर्णय गरेको थियो ।

गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपतिका लागि शुक्रवार मतदान भएको हो ।
 

salt training

कमेन्ट गर्नुहोस्