२५ असार २०८३, बिहीबार
उपराष्ट्रपति निर्वाचनपछि प्रतिक्रिया

कांग्रेससँगको सहकार्यबारे बोल्ने बेला भएको छैन- केपी ओली

कांग्रेससँगको सहकार्यबारे बोल्ने बेला भएको छैन- केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेससँगको सहकार्यबारे बोल्ने बेला नभएको बताएका छन् ।

राष्ट्रपति निर्वाचनको दिन फागुन २५ गते ओलीले कांग्रेससँग सहकार्य नगर्ने कसम नखाएको बताएका थिए । 

शुक्रवार उपराष्ट्रपतिमा मतदान गरेर फर्किने क्रममा संसद परिसरमा पत्रकारहरूसँग कुरा गर्दै ओलीले कांग्रेसँगको सहकार्यबारे सबै कुरा भन्ने बेला नआएको बताए।

‘अहिले नै यसबारे केही नभनौँ, भन्ने बेला भएको छैन । सबै कुरा भने भने कहाँ तयारी हुन्छ ?’ पत्रकारको प्रश्नमा ओलीले भने । 

उनले कांग्रेस महामन्त्री गगन थापाले २०८४ सालसम्म एमालेसँग सहकार्य हुँदैन भनेर दिएको अभिव्यक्तिप्रति पनि कटाक्ष गरे ।

‘अस्ति मैले सहकार्य हुँदैन भन्ने कसम खाएको छैन भनेको थिएँ । एक जना चर्का कांग्रेसले प्रतिपक्षमा भेट हुन्छ भन्नुभएछ । उहाँहरूको कुराले निकै ठूलो गडबडी देखिन्छ,’ ओलीले भने ।

salt training

कमेन्ट गर्नुहोस्