२४ जेठ २०८३, आइतबार

चीनका राष्ट्रपति सी अर्को साता रुस जाँदै

चैत ३, २०७९
चीनका राष्ट्रपति सी अर्को साता रुस जाँदै

चीनका राष्ट्रपति सी चिनपिङले अर्को साता रुसको भ्रमण गर्ने त्यहाँको पररराष्ट्र मन्त्रालयले शुक्रवार घोषणा गरेको छ । 

मार्च २० देखि २२ सम्म सी रुसमा हुनेछन् । 

सी र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच गत सेप्टेम्बर महिनामा उज्बेकिस्तानको समरकन्दमा भेटघाट भएको थियो । 

मस्कोमा यी दुई नेताबीच द्विपक्षीय सहकार्यका विषयमा चर्चा हुने रुस सरकार क्रेमलिनले बयान जारी गरी जनाएको छ । महत्त्वपूर्ण द्विपक्षीय दस्तावेजमा हस्ताक्षर गरिने पनि उसले जनायो तर विस्तृत विवरण दिएन । 

रुस–युक्रेन द्वन्द्व अन्त्यका लागि चीनले पुनः आह्वान गरेको छ । यसअघि फेब्रुअरी २४ मा चीनले १२ बुँदे शान्ति प्रस्ताव पनि सार्वजनिक गरेको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्