
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले राष्ट्रिय क्रिकेट खेलाडी कुशल भुर्तेललाई सम्मानस्वरुप ५० हजार रुपैयाँ नगद पुरस्कार दिने भएको छ।
तिलोत्तमाका खेलाडी भुर्तेलले बिहीबार भएको आईसिसी विश्वकप लिग टु त्रिकोणात्मक ओडीआई सिरिजमा यूएईसँगको अन्तिम खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।
उनले खेलमा ३५ बलमा ३ चौका र चार छक्कासहित ५० रन जोडेर नेपालको जीतमा महत्वपूर्ण योगफल तयार पारेका थिए ।
नगर प्रमुख रामकृष्ण खाँणले नगरबासी भुर्तेललाई सम्मान गर्ने बताएका हुन्।