२४ जेठ २०८३, आइतबार

ड्रमको पानीमा डुबेर एक वर्षका बालकको मृत्यु

ड्रमको पानीमा डुबेर एक वर्षका बालकको मृत्यु

काठमाडौँको तारकेश्वरमा घर नजिकै राखेको ड्रमको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । 

प्रहरी प्रधान कार्यालयका अनुसार तारकेश्वर नगरपालिका–१ साङ्ला बस्ने विष्णु तामाङका एक वर्षीय छोरा आयुष तामाङको आफ्नै घरको शौचालयमा रहेको पानीको ड्रममा डुबेर आज दिउँसो मृत्यु भएको हो । 

डुबेर गम्भीर अवस्थामा फेला परेका उनको ग्राण्डी अस्पताल धापासीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 

यता काठमाडौँको टोखा नगरपालिका–९ घर भइ चन्द्रागिरी नगरपालिका १२ बलम्बु डेरा गरी बस्ने ५५ वर्षीय नवराज केसी आफ्नै कोठामा आज मृत भेटिएका छन् । 

प्रहरी वृत्त थानकोटका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले उनको मृत्युको कारणबारे अनुसन्धान भइरहेको जानकारी दिए।

शवलाई पोष्टमार्टमका लागि अस्पतालमा पठाइएको जनाइएको छ । उनी बढी मदिरा सेवन गर्ने गरेका स्थानीयले बताएका छन्। 

salt training

कमेन्ट गर्नुहोस्