०९ साउन २०८३, शनिबार

प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ- कांग्रेस उपसभापति

प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ- कांग्रेस उपसभापति

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले प्रधानमन्त्रीलाई विश्वासको मत दिनेमा १० दलीय गठबन्धनका नेताहरू सकारात्मक रहेको बताएका छन्। 

शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलीय गठबन्धनको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले बैठकमा आइतबार संसदमा पेस हुने संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक र संवैधानिक परिषद्सँग सम्बन्धित विधेयकबारेमा छलफल भएको बताए। 

उनले भने, ‘६ गते प्रधानमन्त्रीले विश्वासको मत लिनेबारे छलफल भयो । भोलि संसदमा पेस हुने संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक र संवैधानिक परिषद्सँग सम्बन्धित विधेयकबारे छलफल भयो ।’ 

salt training

कमेन्ट गर्नुहोस्