२८ जेठ २०८३, बिहीबार

समर्थकहरूले हंगामा मच्चाएपछि इमरान खानविरुद्ध जारी पक्राउ पुर्जी रद्द

समर्थकहरूले हंगामा मच्चाएपछि इमरान खानविरुद्ध जारी पक्राउ पुर्जी रद्द

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानविरुद्ध जारी गरिएको पक्राउ पूर्जी रद्द भएको छ ।

इमरान शनिबार इस्लामावाद अदालतमा हाजिर भए पनि उनका समर्थकहरूले अदालतबाहिर हंगामा मच्चाएका थिए ।

यस्तो अवस्थामा अतिरिक्त जिल्ला तथा न्यायाधीश जफर इकबालले मुद्दाको सुनुवाइ मार्च ३० सम्मका लागि स्थगित गरेका हुन् ।

उनले पूर्वप्रधानमन्त्रीविरुद्ध जारी गरेको पक्राउ पुर्जी पनि खारेज गरेका हुन्। न्यायाधीशले यस्तो वातावरणमा सुनुवाइ गर्न सम्भव नहुने बताएका थिए । 

इमरान खान शनिबार बिहान इस्लामावाद प्रस्थान गरेपछि प्रहरीले उनको जमान पार्कको घरमा छापा मारेको थियो ।

प्रहरी बुलडोजरले गेट तोडेर इमरानको घरमा प्रवेश गरेको थियो । प्रहरीले करिब साढे दुई घन्टा घर खोजेपछि फर्किएको थियो ।

इस्लामावाद जानुअघि शनिबार बिहान रोयटर्सलाई दिएको अन्तर्वार्तामा पूर्वप्रधानमन्त्री इमरानले आफ्नो गिरफ्तारीको आशंका व्यक्त गरेका थिए ।

इमरानले भनेका थिए- यदि म गिरफ्तार हुन्छु भने व्यवस्थापन गर्न समिति बनाएको छु । यद्यपि खानले समितिमा संलग्न व्यक्तिहरूबारे भने कुनै जानकारी दिएका थिएनन् ।
 

salt training

कमेन्ट गर्नुहोस्